मन भर्सेज मन

Comment

उसले लेख्यो -
"मरो मन मसँग नै छैन ।"
"म मेरो मन सँग नै छैन ।"
तर कसरी ?
कसरी लेख्न सक्छ, उ यस्तो ?
मन कसरी उ भन्दा पर हुन सक्छ ?


मन त समाहित छ ।
जसरी मसँगै समाहित छ मेरो मन,
त्यसरी नै समाहित छ,
उ भित्र उसैको मन ।

मेरो मन जहाँ छ, म त्यहिँ छु,
मेरो मन यहाँ छ, म यहिँ छु ।

मन डुल्छ, म डुल्छु ।
मन थन्किन्छ, म थन्किन्छु ।

म विना मन कसरी पुर्ण हुन सक्दछ ?
मन विना म कसरी पुर्ण हुन सक्दछु ?

म पनि छु ।
मन पनि छ ।
हामी छौँ ।

फरक यति छ
मेरा खुट्टा अडिएको ठाउँमा, मेरो मन छैन ।
मेरो मन अडिएको ठाउँमा, मेरो शरिर छैन ।

अर्कोले भन्यो, -
"तपाईँले मनले पिउनुहुन्छ होला"
फेरी abstract भो मन ।

म त यहि बुज्छु कि, म पिउँछ ।
म नै पिउँछु ।
फरक केवल यहि,
जहाँ वसेर म पिउँछु, त्यहाँ मेरो मन छैन ।
फेरी abstract भो मन ।

तिमी, तिमी,
तिमी अथवा तिमी ......
कोही त मलाई परिभाषा देऊ,
म जहाँ छु, मन त्यहाँ किन छैन ?
मन किन म हैन ?
म किन मन हैन ?

के हो त मन ?

- जेठोबुढो
२०६९ / पुष  / १९
(कृष्ण गल्ली)