फुटेको चुरा

Comment
person wearing yellow sari dress holding both hands

हुन् नारी मञ्जरी एक् हवन घुमिसकेकी दुलाहा समाती
साथ राधेश्याम पौडेल तरुण उमरैका निकै भाग्यमानी
हुन्थिन् सिँगारिएकी मखमल, शिरबन्दी मजेत्रो ति धारी
सज्जा साथै व्यहोरा जुनलइ नि बनेकी बुहारी ति प्यारी



जाँदा नै काट्न है एकदिन नि चमरीलै उनी घाँस वनैमा
नाडीका नै चुरा फुट्न रहेर ति गरे ठोकिई पथ्थरैमा
"यो के भाको अहो ?" सोचिन् तिनि त्यसबेला दिमाख आफ्नुमानै
छाडिन् तैं घाँस है कारण सुनि ध्वनी "ऐया ! अहो!" कर्णमा नै

आवाजै मात्र नै सुन्न किन कुन ति कारण पर्यो सोच्न थालिन्
सो अावाजै तिरै विस्मय प्रकट गरी दौडिनै पो ति थालिन्
घण्टा पश्चात अर्को हुन रहर गरे है घडीले छिनैमा
फेला पार्नै तिनैले नसकि वन तिरै फरकिइन् तेज गतिमा

त्यहाँ पुग्दा ति किंकर्तव्यविमूढ हुनै पो पुगिन् केहि कारण्
भारी उनको हराको, अपशकुन भयो, जो थियो तेहि कारण
घेरेको दैवले सोच्न अधिकतम थालिन् निराशै नि है भै
तातेका चैं थिए है पति ति रिस गरी काल एकबिहानै

"जे होला भोलि टर्ला" ति घर जब पुग्यो, राम्री कर्ण भर्ला
थालिन् तै दौडिनै ने ति झटपट नसोची नि कांडो ति गड्ला
टुक्रा टुक्रा चुरा पाउतिर गति बढाए छताछुल्ल खुन् नै
"पुग्ने क्यारी कसरी म नि ति घर ? छ त्यो मार्ग है बाँकि सिङ्गै"

टुक्राटुक्री झिकी त्यो लुखुरलुखुर है हिंड्न नै पो ति थालिन्
फाली घण्टौं तिनै दोब्बर समय, समाइन् तह्रो, रुन थालिन्
बुझ्दा थाहा भयो पुत्र जल पिउन ठिक्कै भई नै सकेका
चापेको त्यो थियो देखि समय पहिल्यै, रोग झाडा पखाला

फुट्दा केही चुरा अाज सहनु ति पर्यो हो उनीले वियोग् यो
फुट्दा केही चुरा अाज सहनु ति पर्यो हो उनीले वियोग् यो
घेरा हाल्दा तिनैले, ति अपशकुनले, पुत्र मर्नै पुग्यो त्यो
घेरा हाल्दा तिनैले, ति अपशकुनले, पुत्र मर्नै पुग्यो त्यो

॥ समाप्त ॥

- जेठोबुढो
२०५७/११/१२
फुटेको चुरा