Comment
अस्तिका दिन
कविता थिए,
धने, माने, विरे र श्यामे
र परिवेशमा थिए
गोठ, सासु, जिम्वाल र कटुवाल ।
--
हिजोका दिन
कविता थिए,
धनमाया, मनमाया,
र परिवेशमा थिए
बम्बई, गिटीको वगर, अनि रहर।
धनबहादुर, मानबहादुर
र परिवेशमा थिए
अरब, बाकस, देश र सकस ।
आज
कविता छ रामविलास।
कविता छ चन्दन दास।
र परिवेश छ मधेश ।
कविता छ पुकार कामी ।
अनि ढोग्न बञ्चित ढुंगो बनेको छ
उसको कविताको परिवेश।
- जेठोबुढो
२०७१/१२/२९