Comment
भिजाउँछु भनेरै त होला,
आकाशबाट मुसलधारे पानी पर्यो ,
भिजियो पनि ।
यौटै प्रश्न घुमिरह्यो,
उसले मलाई भिजायो
वा
म आँफै भिजिदिएँ ?
तर्साउँछु भनेरै त होला,
गड्यांग गुडुंग मेघ गर्जियो।
सिरिंगै हुने गरि बिजुली चम्कियो।
तर्सिइयो जस्तो पनि भो।
घर कहिले पुग्छु जस्तो पनि।
प्रश्न उस्तै रह्यो।
उसले मलाई तर्सायो,
वा
मै आँफै तर्सिदिएँ ?
भिजाउँछु, तर्साउँछु अनि गलाउँछु
भनेरै त लागि परेका थिए होलान्।
घर पुग्दा त गलियो नै।
प्रश्न उहि रह्यो।
मलाई गलाए
वा
म आँफै गलिदिएँ ?
- जेठोबुढो
२०७४/बैशाख/२१