छन्द नमिलेको कविता।

Comment
rotten green apple


केहि शब्द बटुलेर
छन्दमा लेख्थें
धेरै साल पहिला
कमसेकम आँफुलाई भएपनि
चित्त बुझ्ने
गद्य कविता।

छन्द विग्रँदै गयो
लय नमिल्दै गयो।
अरुलाई त परै जाओस्,
आँफैलाई नै
मन नपर्ने हुन थाल्यो।
छन्द नमिलेको कविता।

शब्द छरेको
भाव नछिरेको।
जटाको बोक्रोमा
गुदी नभरिएको
जस्तो पो हुँदै गयो
कालखण्डको कविता।

'फेज अफ लाइफ',
स्टान्जा अफ पोएम।

स्पष्ट छन्द मिलेकोबाट
नमिल्दै नमिल्दै
आज
मुस्किलले निस्कने शब्दमा
अडियो,
जिन्दगीको कविता।


-
- जेठोबुढो
२०७४ / असार / ११