समाचार

Comment
500+ Fake News Pictures [HD] | Download Free Images on Unsplash

"समाचार !!
कस्तो समाचार ?"

"कुन स्तरको पत्रिकामा छापिने ?"

"कुन ग्रेडको टेलिभिजन च्यानल
अनि रेडियोमा बज्ने ?
बन्नुपरेमा
रोजाईमा छ कस्तो बन्ने ?"

"बरु सिम्प्ली स्थानिय ट्याब्लोइटमा सिमित रहने कि,
कि सोसल मिडिया र अनलाइनमा भाइरल हुने ?"

उसले सोध्यो।
एकदम क्लियर हुन चाहेगरि सोध्यो।
"आखिरि ख्वाइस" ।

उसलाई "टोन"मा पनि इन्ट्रेस्ट ।
उसलाई समाचारको "मशल" एण्ड "बोन",
अडियन्स च्वाइस, लिटरेसी,
सबैमा एकदमै इन्ट्रेस्ट।

उ क्लियर हुन चाहन्थ्यो
टार्गेट अडियन्समा ।

कुन कालखन्ड ?
कुन ओहोदा ?
सम्पत्ति कति ?
सन्तान कति ?

उ समाचार खेस्रा गर्दै फाल्दै गरिरह्यो।

मैले बुझिनँ ?
वा उसले बुझाउन जानेन ?
तै,
उसले प्रयास अझै छाडेन।

"नेगोसियसन", "कन्भर्सेसन"
...
...
...
"मुभ अन" ।

"सुपारी"ले समाचार कहिल्यै पाउला ?

***

मिडिया
उहि यथावत राजनिति मै ...
फर्कियो।

- जेठोबुढो
२०७६-१०-६