गोरु

Comment
उसले,
in-general मा भन्दियो
भीरबाट खस्न लागेको गोरुलाई
"रामराम" भन्ने हो ।
मैले सोधेँ
गोरु कसको हो ?

छिमेकीको गोरुमा उसले
पुरै logic लगायो ।

-

आज
बेलुका सम्म पनि आएन
चर्न भनेर बिहानै छाडेको
उसको आफ्नै गोरु ।
हस्याँफस्याँग गर्दै
यता उता खोज्यो
तर
नजिकै कतै पाएन उसले,
बिहान छाडेको
आफ्नै गोरु।


नगई भएन,
नखोजि भएन
आफ्नै गोरु।


चर्न छाडेको जंगलमा,
पुग्दा साथे लिएर
संगै हिजोकै छिमेकी,
आँखा अगाडि
भीरको डिलैमा
आशाका मलिन आँखा बोकेर
झन्डै झन्डै चिप्लिन लागेको
उसको गोरू ।

"लाले ! लाले !"
"गुहार ! गुहार !"
आज,
उसले "राम राम"  भनेन
उसले कुनै logic दिएन

- २०७६-१२-२२
- जेठोबुढो