बेग्लै

Comment

Spider-Man leaning on concrete brick while reading book

बेग्लै छ मेरो कथा
तपाईको पनि होला बेग्लै ।
"म त बाँच्दछु यहाँ लेखेर"
तपाईको चैं कारण होला
अरु कुनै बेग्लै ।

तपाईकोमा पात्र होलान् अरु कहिँ कोही
मेरो मा त हुन्छु म नै,  उहि सँधै उहि ।
आफ्नै परिवेशको कथामा
आफ्नै रटान
आफ्नै दुखेसोको कथामा
आँफै माथि प्रदर्शीत
आफ्नै प्रहसन।
यस्तै छ मेरो । 

"आज रमिता छ"
आज फुरेको छ ।
आज तमासा छ
आज फुरेको छ ।
अर्थोक त हुनु पर्यो नि
अर्थोक त जुर्नु पर्यो नि ।

छिन छिनको सम्झौतामा
जिन्दगी विताउनुहोस्
अनि बल्ल एकै हुनेछन् 
हाम्रा कविताका पात्र
हाम्रा कविताका चेत
हाम्रा रटान
अनि रटिने हाम्रा परिवेश । 

सुन्नुहुन्छ ?

आउनुहोला है त,
तर बनेर बेग्लै ।

- जेठो बुढो
बैशाख २७ / २०७७