Comment
उसले
आफ्नो photogenic मुस्कान सहित,
दाहिने हातका औँला फिँजाएर
पुरै SWAG का साथ लर्कायो -
खासै मेहेनेत नगरिकनै सप्रेको
आफ्नो कालो, बाक्लो कपाल ।
छाँट्नुपरे सैलुनमा हजामलाई - टुप्पा टुप्पा छान्न सजिलो ।
"ह्या तिमी पनि !" भनेर "उनीलाई" घुर्कीले, जुल्फी तान्न सजिलो ।
नुउाहँदा झर्दैन, हाँगा पनि पर्दैन - कस्तो धान्न सजिलो ।
अरे वाह! आँफैलाई ऐनामा हेर्दै Handsome मान्न सजिलो ।
स्कुलका ट्वाइलेटका भित्ताभित्तामा
Math टिचरको सफा शिरको अबोध मजाकदेखि
कलेजको ब्ल्याकबोर्डमा Retiring Physics Professor को भद्दा मजाक सम्म पुग्दा
उन्मत्त, उत्ताउलो र अराजक बनिसकेको थियो -
आदत बनेको उसको मजाक ।
नशा त्यसै बन्दो रैनछ ।
नशा त्यसै बढ्दो रैनछ ।
अझै अझै भन्दा भन्दा
एक दुइ गरि गन्दा गन्दा
सर Robert, प्रोफेसर गोबिन्द
चन्दा म्याम, साथी सुवोध,
छिमेकी मिना, वसाइसरेका रामभजन "देशी"
-
Body Shaming was his recreation.
रंग वाट वर्ग, धर्म नश्ल हुँदै
Roasting became his profession.
र Youtube दुनियाँमा
Million followers were there
to fuel his obsession.
पायल्स उसको चुट्किला थियो
Warewolf Syndrome उसको Click Bait
Foodies where "हन्ते"
कसैको मजबुरी was just a "मगन्ते"।
६०२ Episode सम्म पुग्दा
दुबैतिर बराबर थियो - तौल,
"हाहाहाहा" र "थुइक्क मुखछाडु" को।
-
६ हप्ताको Chemo Procedure सम्म पुग्दा
side effects र मोटो बिल सहित डिस्चार्ज हुँदा,
कपाल झरेको मुडुलो टाउको,
रक्त अल्पता बढेर पहेंलिएको शिथिल अनि दुब्लो शरिर लिएर
समय धकेल्दै छ उ हरेक दिनको मुठ्ठिभरि ओखतीले ।
Million followers ले "Get Well Soon" नभनेका हैनन्।
२ - ४ दिन फुलगुच्छा हस्पिटलमा नपुराएका हैनन् ।
तर,
विस्तारै Everybody Moved On !
किनकी,
यदि समय र प्रारब्धको परिचक्रबाट
बच्न सक्दैन कोहि भने
उ मात्रै कसरी छुटोस् ?
Instagramमा उसले
"Guys I am back" लेख्न चाह्यो ।
लहलाउँदो कपालको फिल्टरमा
पहिलेको जस्तै देखिएको उसको अनुहारमा
कसैगरेपनि फिलटर नै भएन -
उसको ग्लानी ।
अन्त्यमा कुनै फिल्टर प्रयोग नै नगरि
लेख्यो उसले आफनो फोटोको तल caption मा -
"Guys, I am sorry"
"You are beautiful, however you are" ।
-जेठोबुढो
२०७७-जेष्ठ-१०