Comment
यि,
नियमित दिनहरुमा,
जो सामान्य र यथावत चलिरहेका छन् तिम्रा र मेरा,
खोज्दा नभेटिइन सक्छु म, बोलाउँदा नसुन्दिन सक्छु ।
जे जमात छ तिम्रो लागि, म एकलकाटे बन्दिन सक्छु।
घोइरिएर पर्खाल हेर्दै टोलाइरहँन सक्छु,
एकतमासले घोप्टो परि बसेर, एकोहोरो भइदिन सक्छु।
"पुरै ठिस नै छ यार, यो त", तिम्रो यहि वाक्य वन्दिन सक्छु
तिम्रो कमनसेन्सको इन्साइक्लोपिडियामा कतै नअटाउने गरि
अटेरी, अघोरी, अमेल, अनि असामाजिक बन्दिन सक्छु ।
समयचक्र - यसको कुनै ठेगाना नै छैन।
यो न तिम्रो पेवा हो, न मेरो कुनै जितौरी ।
न तिम्रो कुनै इष्टमित्र हो, म मेरो कुनै दौँतरी।
त्यसैले,
साविक झैं नचलेको कुनै यस्तो दिनमा,
घडीको सुइ यथावत नै घुमेपनि, "समय" बेग्लै हुन सक्छ ।
अनि, त्यतिबेला -
जे 'यस्तै हो' तिम्रो लागि, म घोत्लिइन सक्छु ।
अनि फगत फत्याकफुतुक परेर, हात गोडा कमाइदिन पनि सक्छु।
तिमी उदासीन हौला, त्यो पनि प्रभावित हुनु नै हो।
म मुख छाड्दै हिडौंला, त्यो पनि प्रभावित हुनु नै हो।
तिमी ढोका थुनेर बसौला, त्यो पनि प्रभावित हुनु नै हो ।
तिमी "राखनधरन" पोको पार्ने सोचौला, त्यो पनि प्रभावित हुनु नै हो।
तिमी आफ्नो बारेमा मात्र सोचौला, त्यो पनि प्रभावित हुनु नै हो ।
म व्यग्र भइदिन सक्छु, त्यो पनि प्रभावित हुनु हो ।
कसो गरौं, के गरौं भएर बौलाएझै गरि दौडिन सक्छु ।
पर्खाल चढेर, आँखै नहेरि घाँटी सुकेसम्म चिच्याउन सक्छु ।
मुख छाडेर, कानै थुन्नु पर्ने गरि एकोहोरो कसैको दोहोलो काट्न सक्छु ।
त्यसो पनि नगरौंला रे , म पनि बाहिर ननिस्कौंला रे ।
बरु अझै एकोहोरो भइदिउँला रे ।
झनै घोइरिएर ढोको बन्द गरि, खोल्दै नखोलौंला रे ।
तर,
तिमी विलकुलै चुप रहेको बेला,
डर, त्रासले तिम्रो जिउ पुरै काँपिरहेको बेला,
आफ्नो अगाडिको सबै धमिलो देख्तै,
हात गोडा चलाउन पनि तिमी असमर्थ भइरहेको बेला ।
म तिम्रो आवाज वन्दिन सक्छु ।
कलम कापी र कविता पनि प्रभावित हुनु हो।
म वक्ता बन्दिन सक्छु
- जेठोबुढो
२०७७ वैशाख ५२०७७ जेष्ठ १६