कामकाजीको खल्ती

Comment


विहान उठेदेखि नै
सोच्दै थिएँ
आज त बजार पो जानु छ
अनि नसकिँदै तिरो तारो सक्नु छ
महिना मरेको तलब

यो काउन्टर, त्यो काउन्टर
उसको रासन, उसको पसल
ग्यास, पानी, बिजुली, औषधी
सबको हिसाब पो जोड्नु छ ।
ओहो !
दिनै पो वित्ने भो
काटिने भो यार,
एक दिनको जागिर
अनि पुरै दिनको तलब ।
कामकाजीको पिडा यहाँ अर्कै हुन्छ हजुर
एक एक पैसाको हिसाब राख्नु पर्छ हजुर ।

बरु,
पसले भाउजुलाई मान्छे पठाइदिन भन्नु पर्ला कि ?
नजिकैको साथी काउन्टरमा लाइन बस्दै गर्देला कि ?
तर,
महिना त यहाँ सबैको मरेको छ ।
भागदौड त यहाँ सबैको चलेको छ ।
अनि,
मैले बोलाउँदैमा यहाँ कोहि किन आउलान् ?
मेरो दौडमा उनिहरु आफ्नो, जुत्ता किन खियाउँलान् ?

मेरो कागज त मैले नै भर्ने हो ।
मेरो कथामा त कलम मैले नै दल्ने हो ।

चिsssसो पानी
पछाडी भिर्ने झोला
एक प्याकेट बिस्कुट
एक प्याकेट चाउचाउ
अनि पाली टोपी ।
तयारी गर्दै थिएँ ।
जुत्ता लगाउँदै थिएँ ।
ट्वाङ्ग बज्यो
खल्तीमा राखेको फोन ।

वाक्कै गराउँछन् यार
दिक्कै गराउँछन् यार
घरि-घरि को विज्ञापन
घरि-घरिको ट्वाङ्ग ट्वाङ्ग ।

ए हैन हैन
यो त काम लाग्ने ट्वाङ्ग रैछ
अलि मजैले नै बुझ्नुपर्ने कुरो रैछ ।

पसलेको QR, फोटो खिचेर लयाइराख्दा भो ।
काउन्टरको टन्टा पनि मोबाइल बाटै सल्टिने भो ।
मिल्ने रैछ ग्यास, पानी घरमै मगाउन
यसरी त मेरो पुरै एक दिन बच्ने भो ।

बच्यो गाडी भाडा ।
अनि समय पनि ।
उल्टो फिर्ता पनि आउँने रैछ
धत्तेरी
नजान्नु पनि केहि रैनछ
खै ?
कहाँ हराइराको थिएँ म पनि ।

खल्तीमा फोन
अनि ट्वाङ्ग बजेको दिमाखको घन्टी लिएर
लागियो अफिस तिर

- २०७९ - बैशाख ९

सन्दर्भ - खल्ती लेखस्टार
#KhaltiLekhStar